“एक्लाे म” : कविता – देवीप्रसाद अधिकारी

धादिङ । जीवनकाे लामाे नदि तर्दै गर्दा खुट्टा लड्खडाउँदै उनकाे हात समातेर
लामाे लामाे श्वास फेर्दै पानीको बेगलाई
चिर्दै उनकाे बलमा मेराे बल थप्दै
चिप्ला कलेटी परेका काला ढुंगा छल्दै
कहिले उनकाे ढाडस लिदै
कहिले मेराे अँट र भराेसामा
साहस थप्दै थप्दै
उनकाे मुहारकाे उज्यालोमा
मेराे मुस्कानले भरेकाे चमक
धपक्क बल्दै थ्याे

हाम्रो बलसालि सम्बन्धलाई
ईष्र्या गर्दै
आकाशकाे सूर्य स्तब्ध थियाे
बादल बग्न छाेडेर टक्क अडियो
नजिकैको पहाड आँखा झिम्म नगरी
हेरेकाे हेर‌ै थियाे
हाम्रो जाेडी नदिकाे मध्य भागमा हुँदा
अचानक हात फुत्कियाे
उनी ढले
हात दिदै थिए
उनकाे चिच्याहट नदीमा बिलायाे
जसरी उनकाे शरीर
तेसपछि के भाे मलाई पत्ताे छैन

आज यत्ति जान्दछु कि
मलाई नदिले किन उनीसँगै पछारेन
किन लगेन
किन निलेन

सायद मैले उनकाे
बीउ राेपेकाे छु
उमारेकाे छु
त्यसलाई फुलाउनु छ
फलाउनु छ
नदि तार्नु छ
फगत आफू
एक्लो बनेर

देवीप्रसाद अधिकारी
प्रोफेसर : नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here