मुक्तक मञ्च अछाम शाखाको बिस्तार: अध्यक्षमा टेकराज भण्डारी चयन

अछाम । बि.स. २०६५ सालमा पोखरामा स्थापना भएको मुक्तक मञ्च संस्थाले पछिल्लो समय देश ब्यापी एबं अन्तर्राष्ट्रिय रुपमा पनि विभिन्न मुलुकमा रहेका मुक्तक प्रेमीहरुलाई एकताबद्ध गर्दै शाखा बिस्तार गर्दै आईरहेको छ ।
मुक्तकको उत्थान, हाम्रो अभियान भन्ने मूल उद्धोषलाई आत्मा साथ गर्दै मुक्तकको श्रीबृद्धिका निम्ती क्रियाशील मुक्तक मञ्चले अछाम शाखा उद्घाटन गरेको छ ।
जस्अनुसार टेकराज भण्डारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

नवनिर्वाचित कार्यसमिति नामावली
अध्यक्ष: टेकराज भण्डारी
उपाध्यक्ष: हिक्मत नेपाली
सचिव: भिम सरोवर
कोषाध्यक्ष: डम्बर वोगटी
सदस्य:
रमिता बुढा
उपेन्द्र भावुक
रमेश वेदना
प्रमिला ढुङ्गाना
चन्द्र प्रकाश साउद सहित ११ सदस्यीय कार्यसमितिको गठन गरिएको छ भने सल्लाहकारमा रावल कृष्ण रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here