उत्तरी धादिङको किन्ताङ फेदीमा बैकल्पिक पुल निर्माण गर्न ४ पालिकाको अध्यक्षहरु बीच छ्लफल

धादिङ – पुस, १५ । उत्तरी धादिङको जनजिवनको अवस्थालाई मध्यनजर गर्दै किन्ताङ फेदीमा बैकल्पिक पुल बेलिबृज निर्माण गर्ने सम्बन्धमा ४ गाउँपालिकाका अध्यक्षहरु, उपाध्यक्षहरु बीच शुक्रबार छ्लफल भएको छ । साथै निर्माण पश्चात् जिर्ण अवस्थामा रहेको लपाङ फेदिको पुललाई पनि तुरुन्तै मर्मत गरि अप्रिय दुर्घटना हुन नदिन रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङले बैठकमा प्रस्ताव राख्नु भएको थियो ।

भौगोलिक रुपमा बिकट उत्तरी धादिङमा प्रमुख चुनौतीको रुपमा सडक संजाललाई बिस्तार गर्नु पनि १ रहेको छ । लगभग बर्षमा ५/६ महिना सडक सेवा अबरुद्ध हुनुको साथै निकै कष्टकर यात्रा गर्न यस क्षेत्रका जनताहरु बाध्य छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here