आमाछोदिङमो गाउँपालिकामा पालिक स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

सानु बहादुर तमाङ, रसुवा । आमाछोदिङमो गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा श्री सरस्वती आधारभुत विद्यालयमा चिलिमेमा सञ्चालित आमाछोदिङमो गाउँपालिका स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

चित्रकला प्रतियोगितामा गाउँपालिका भित्रका ११ वटा सामुदायिक र १ वटा संस्थागत गरि १२ विद्यालयका छात्र छात्राहरु सहभागी थिए । प्रतियोगिता ३ तहमा सञ्चालन भएको थियो ।

विजेता हुने विद्यालयहरु आधारभूत तह १-५ मा सान्त्वना हिमालयन इङलिस स्कुल्का एलिना तमाङ, तृतीय श्री पार्वतीकुण्डका सन्जिता तमाङ, द्वितीय श्री हाकुबेंसी आ.वि.का रिसान तमाङ र प्रथम श्री हाकु मा.वि. ठुलोहाकुका लाखी माया तमाङ आधारभूत तह ६-८ तृतीय श्री हाकु मा.वि. ठुलोहाकुका रिना तमाङ, द्वितीय श्री हाकुबेंसी आ.वि. हाकुबेंसीका अनु तमाङ र प्रथम हिमालयन इङलिस स्कुलका रिब्य तमाङ माध्यमिक तहमा तृतीय श्री ने.रा.मा.वि.का सुर्य बहादुर तमाङ, द्वितीय श्री हाकु मा.वि.का उमेश तमाङ र प्रथम श्री पार्वतीकुण्ड मा.वि. का विकास तामाङ भएका थिए ।

कार्यक्रममा विजेता विद्यालयका छात्र छात्राहरुलाइ आमाछोदिङमो गाउँपालिकाका उपाध्यक्ष चण्डिका तमाङ र प्रमुख प्रशासकीय अधिकृत अमर जि.सि.ले प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रमलाई सफल बनाउन प्रतियोगितामा भाग लिने विभिन्न विद्यालयका प्रधानाध्यापक एवम् शिक्षकहरु, छात्रछात्राहरु लगायत कर्मचारी मित्रहरु र निमन्त्रणालाई स्विकार गरि कार्यक्रमको शोभा बढाउनुका साथै हौसला प्रदान गरिदिनुहुने सबैलाइ गाउँपालिकाका राजेन्द्र आचार्यले धन्यवाद प्रकट गर्नु भएको छ । चित्रकलाको मुल्यांकन गरि निर्णायकको रुपमा रहनु भएका दिपेन्द्रमान बनेपालि र डिल्लिराज घिमिरे र विशेष रुपमा कार्यक्रम सञ्चालनको लागि प्रेरणा प्रदान गर्नु हुने शशिकुमार डंगोललाइ गाउँपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here