छैठाैँ पटक बेन्जामिन नेतान्याहु इजरायलको प्रधानमन्त्रीमा निर्वाचित

अन्तरास्ट्रिय खबर । विगत २ वर्षदेखि सत्ताबाहिर रहेका इजरायली नेता बेन्जामिन नेतान्याहु इजरायलको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
 
उनी ६ पटक इजरायलको प्रधानमन्त्री बन्ने कीर्तिमान बनाएका छन् । यो विश्व इतिहास पनि भएको इजरायलका सञ्चारमाध्यमले जनाएका छन् । 

नेतान्याहुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अति दक्षिणपन्थी सहयोगीहरूसँगको गठबन्धनमा सत्तामा फर्किएका उनले आफ्नो सरकारका ३ राष्ट्रिय लक्ष्यहरू रहेको घोषणा पनि गरेका छन् ।
 
आणविक हतियारमा इरानको प्रगतिलाई रोक्ने, देशभर बुलेट ट्रेनहरू चलाउने र अब्राहम सम्झौतामा थप अरब राष्ट्रहरूलाई सहभागी बढाउने उनको राजनीतिक एजेन्डा छन् । 

इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा रहेका नेतान्याहुलाई संसद्का १२० मध्ये ६३ सांसदको समर्थन छ भने ५४ सांसदले उनको सरकारको विपक्षमा मतदान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here