मुक्तक मञ्च सल्यान शाखाको बिस्तार: अध्यक्षमा ओमप्रकाश देवकोटा चयन

सल्यान । बि.स. २०६५ सालमा पोखरामा स्थापना भएको मुक्तक मञ्च संस्थाले पछिल्लो समय देश ब्यापी एबं अन्तर्राष्ट्रिय रुपमा पनि विभिन्न मुलुकमा रहेका मुक्तक प्रेमीहरुलाई एकताबद्ध गर्दै शाखा बिस्तार गर्दै आईरहेको छ ।
मुक्तकको उत्थान, हाम्रो अभियान भन्ने मूल उद्धोषलाई आत्मा साथ गर्दै मुक्तकको श्रीबृद्धिका निम्ती क्रियाशील मुक्तक मञ्चले सल्यानमा शाखा उद्घाटन गरेको छ ।
जस्अनुसार सल्यानका ओमप्रकाश देवकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

नवगठित कार्यसमितिको नामावली

अध्यक्ष: ओमप्रकाश देवकोटा
उपाध्यक्ष: मनोज दाहाल ‘मनु’
सचिव: टि आर शर्मा
कोषाध्यक्ष: कल्पना परियार
सह-सचिव: कमल ओली
सदस्यहरु
डिला वि सी
बरुण वावु विश्वकर्मा
डि वि क्षेत्री ‘अन्जान’ सहित ११ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

कार्यक्रममा सल्लाहकार रुपेन्द्र प्रभावि, विपिन आचार्य ‘प्राञ्जल’ लगायत ब्याक्तित्वहरुको आतिथ्य रहेको थियो ।
नविन भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रम रामजी प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here