प्रदेश गौरबको आयोजनाको १० करोड बाडफाड बारे छलफल: तातोपानी जाने पुल निर्माण सुनिश्चित

धादिङ । रुबिभ्याली गाउँपालिकालाई प्रदेश गौरबको आयोजनाको रुपमा बिकास गर्न बागमती प्रदेश सरकार द्वारा बिनियोजित रु १० करोड के कसरी कुन बिषयलाई प्राथमिकता दिने बिषयमा छलफल भएको छ ।

रुबीभ्याली गाउँपालिकाको निमन्त्रणामा बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका सचिव शंकर पण्डित रुबीभ्याली गाउँपालिकाको अनुगमनमा आउनु भएको थियो ।

साथै छलफल तथा अनुगमनको क्रममा आधा खोला तातोपानी नेबेर जाने खोलामा पक्की पुल निर्माण गर्ने सुनिश्चित गरिएको छ भने तिङ्चेत जाने छोदाङस्योङमा पक्की पुल निर्माणको लागि समेत साइड भ्रमण गर्नु भएको गाउँपालिका अध्यक्षका स्वकीय सचिव बिपिन तामाङले होराईजन खबरलाई बताउनु भयो ।

त्यस्तै मंगलबार पण्डित फर्कने क्रममा रुबीभ्याली र खनियाबास गाउँपालिकामा रहेको लिस्ने खोलाको पुल तुरुन्तै निर्माण गर्न ठेकेदारलाई फोन मार्फत अनुरोध गर्नु भएको छ भने
झार्लाङ ठूलोपहिरोको मुनि रहेको लिङ लिक्यापको अधुरो पुल निर्माण सम्पन्न गर्न समेत ध्यानाकर्षण गर्नु भएको छ त्यस्तै खनियाबास गाउँपालिकाको धार्ना खोला पहिरोको समेत अनुगमन गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here