रुबीभ्याली बाट ३ सहित धादिङले १० सांसद प्राप्त गर्यो

धादिङ । रुबीभ्यालीको २ जना समानुपातिक तर्फ बाट प्रतिनिधि सभा सदस्य र प्रत्यक्ष तर्फ बाट १ जना प्रदेश सभामा राप्रपा बाट निर्वाचित भए संगै जिल्ला भरीमा संघ र प्रदेश गरि १० जना सांसद चयन भएका छन ।

प्रत्यक्ष तर्फबाट प्रतिनिधि सभामा विजयी एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र रामनाथ अधिकारी, समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्याल र राप्रपाबाट बुद्धिमान तामाङ र विना लामा गरी ५ जना छन् । भने प्रदेश तर्फ प्रत्यक्षबाट शालिकराम जमकट्टेल, मदुकुमार श्रेष्ठ, गोविन्द लम्साल, डम्बर तामाङ विजयी भई सकेका छन् भने एकीकृत समाजवादीले मायादेवी शर्मालाई यसै क्षेत्रबाट समानुपातिक सांसद चयन गर्दा धादिङ प्रदेश सांसदको संख्या ५ पुगेको छ ।
धादिङमा कांग्रेसबाट संघमा १ र प्रदेश २ गरी ३, राप्रपाबाट संघमा २ प्रदेशमा १ गरी ३, एकीकृत समाजवादीबाट संघमा १ र प्रदेशमा १ गरी २, राष्ट्रिय स्वतन्त्र पार्टीबाट संघमा १ जना र माओवादी केन्द्रबाट प्रदेशमा १ जना सांसद रहने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here