आजको मौसम पूर्वानुमान: यी स्थानहरुमा बर्षाको सम्भावना

काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। शनिबार सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ।
महाशाखाका अनुसार पछिल्ला दुई दिनमा प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आकलन गरिएको छ । महाशाखाले पर्वतारोहण र पदयात्रामा जाँदा सतर्कता अपनाउन भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here