नेपाली नायिका परमिता बलिउड फिल्म ‘उचाइ’मा
सारिका हसनको डमी कलाकारको भूमिकामा

काठमाडौं । नेपालमा समेत छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ अहिले हलमा चलिरहेको छ । फिल्मले नेपालमा पनि राम्रो कमाइ गरेको छ । फिल्ममा नेपाली अभिनेत्री परमिता राणाको पनि अभिनय रहेको छ ।
उनी फिल्ममा अभिनेत्री सारिका हसनको डमी कलाकारको रुपमा देखा परेकी थिइन् । फिल्मको नेपाली लाइन प्रोड्युसरका अनुसार परमितालाई डमी एक्टरको रुपमा मात्र अनुबन्धित गरिएको थियो ।
सारिकाजीलाई हिंड्न मुस्किल भए टाढाबाट खिच्नुपर्ने लङसटका दृश्यमा मात्र परमिताले डमी कलाकारको रुपमा काम गरेको बताइएको छ । अमिताभ बच्चन नेपालमा नआए पनि उनको डमी कलाकार भारतबाटै ल्याइएको थियो । फिल्मम अभिताभ बच्चन अनुपम खेर परिणती चोपडा लगायतका कलाकारको अभिनय रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here