मुक्तक वाचन सहित अल्ट्रा प्याथ ल्याबलाई सम्मान कार्यक्रम सम्पन्न

पोखरा । मुक्तक मञ्च केन्द्रीय समितिले नियमित मुक्तक वाचन सहित शनिबार पोखरामा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा-१७, बिरौटामा अवस्थित “अल्ट्रा प्याथ ल्याब” प्रयोगशालाले मुक्तक मञ्चका कार्यसमिति, सल्लाहकार र उपसमितिलाई स्वास्थ्य परीक्षणमा ३० प्रतिशत छुट दिदै आएको थियो । स्वास्थ्य परीक्षणमा यो महत्वपूर्ण सहयोग गरेको हुदा सोही कार्यक्रममा अल्ट्रा प्याथ ल्यावका प्रवन्धक निर्देशक सुस्मिता बराल र सञ्जय शर्मालाई आभार-पत्र सहित सम्मान गरेको छ । सम्मान पछि वोल्दै, शर्माले मुक्तकको उन्नयन र विकासमा पोखराले फड्को मारेको बताउनुभयो । साथै मुक्तक प्रति स्वास्थ्य सेवाले थप उचाईमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

शंकर ज्ञवाली, कृष्ण सुवेदी, विनोद सुवेदी, स्मृति पौडेल, सहनशिला पौडेल, विना ढुङगाना, सावित्री गिरी, माधव सुवेदी, एस् पि असफल, रविन ढकाल, विर्सना बस्नेत, भानुभक्त पोखरेल, तेज बहादुर गुरुङ, आकाश अधिकारी, आदर्श पोखरेल, अमृत पोख्रेल देवी त्रिपाठी, डा. बसन्त गौतम, कपिल शर्मा, प्रान्जल, रुपिन्द्र प्रभावी, लक्ष्मण थापा, अल्पविराम ‘पोखरेली’ले पनि मुक्तक वाचन गर्नुभएको थियो ।

करिव पाँच दर्जन भन्दा बढि साहित्यिक उपस्थित उक्त कार्यक्रम रामजी प्रसाद आचार्यको अध्यक्षतामा भएको थियो भने सञ्चालन नविन भण्डारीले गरेका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here