खनियाबास १ मा बित्तीय साक्षरता सम्बन्धि तालिम सम्पन्न

धादिङ । खनियाबास गाउँपालिकाको १ मा बित्तीय साक्षरता तथा आर्थिक बर्ष २०७८/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँसभाबाट पारित भएको आयोजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन सम्बन्धि तालिम खनियाबास गाउँपालिका वडा न १ को वडा कार्यलयमा आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिकाको योजना शाखा प्रमुख नवराज श्रेष्ठ, इन्जिनियर दिपेश बिष्ट, बैंक अफ काठमाडौं शाखा दार्खाका प्रमुख प्रकश ओली र अन्य पालिकाको कर्मचारी, वडा न १ का प्राविधिक श्रीसन तामाङ, जनप्रतिनिधिहरु लगायत गाउँका सम्पूर्ण जनसमुदायको उपस्तिथिमा सम्पन्न भएको छ । साथै उक्त कार्यक्रम पछि बिपन्न बर्गका ब्यक्तिहरु परिचयपत्र पनि बितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here