बिकास गौतम ‘अर्चुल’को कविता “हलीदास”

पोखरा । मालिक !
केन्द्रीय मालिक !
स्थानीय मालिक !
र अन्य मालिकजनमा !
हलीदासको तर्फबाट स्वीकारी वक्सियोस्
सम्मान सहितको साष्टाङ्ग दण्डवत् ।

हलीदास
किन ? तपाईलाई लाग्न सक्छ
म हलीदास नै हो तपाईको नजरमा
एउटा कपाली तम्सुक जस्तो लेटर व्याडमा
जे मन लाग्छ त्यही आदेश दिने
खाए खा ! नखाए घिच !
त दास होस् ! हाम्रो सेवा गर
व्यबाहरमा देखाउने,
तपाईले मनलागि काम गर्दा त्यो सिद्धान्त हुने
तर हामीले बिधि र पद्धति भन्दा,
संगठन बिरोधी काम चोर हुने ।
तपाईंका खोल्टीका आसेपासे
सधै सक्षम हुने
तागतवर हुने
तर फिल्डमा भएकाहरु नकाम रहने
जयहोस् मालिक

म हलीदास तपाईको नजरमा
तपाईंलाई लाग्दो हो
मेरा दाहिने देव्रे मष्तिष्क
दुई गोरु हुन्
काध जुवा हो
ढाक हरिस हो
खुट्टा फालि हुन्
हजुरले सिङ्गो हलि देखिसिन्छ ।
कति रमाईलो है मालिक
तपाईंको नजरमा म हलीदास हु ।

थप मेरो परिचय पनि चाहिन्छ होला
राखम् ?
हुन त दासको परिचयले कुनै अर्थ राख्दैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here