आजको मौसम पूर्वानुमान: यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौ । हाल देशको अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
 
आज दिउँसो प्रदेश १, बागमती,  गण्डकी र  लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  
 
प्रदेश १, बागमती,  गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित  मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको  महाशाखाले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here