बुधबार नेप्से ४७.४४ अंकले बढ्यो

काठमाडौँ । बुधवार नेप्से परिसूचक ४७ दशमलव ४४ अंक वृद्धि भएर १ हजार ९८१ दशमलव ४८ विन्दुमा पुगेको छ ।
यस दिन कारोबारमा आएका २२७ धितोपत्रको ४६ लाख १८ हजार ५१६ कित्ता शेयर ३१ हजार २३ पटकमा रू। १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ बराबरको शेयर खरीदविक्री भएको छ ।

बुधवार नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलवार पनि नेप्से परिसूचक २१ अंक बढेको थियो भने रू ९२ करोड बराबरको शेयर खरीदविक्री भएको थियो ।

बजार बढ्दा लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीहरूमा परेको छ । सोही कारण बुधवार अधिकांश कम पूँजी भएका कम्पनीहरूको शेयर मूल्य बढेको छ । पछिल्लो समय बजार निरन्तर घटेकाले अधिकांश कम्पनीहरूको शेयर मूल्य एक वर्षयताकै न्यून विन्दुमा आएको छ ।
सोही कारण पनि बजारमा खरीदकर्ता आएका हुन् । अब लाभांशको सिजन शुरू भएको छ । सोही कारण विगतमा राम्रो लाभांश दिएका कम्पनीहरूको शेयरमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने जानकारहरू बताउँछन् ।
कारोबारमा आएका २२७ धितोपत्रमध्ये ग्रीन डेभलपमेण्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य प्रतिकित्ता रू। २७३ दशमलव ९० पुगेको छ । त्यसैगरी दोस्रोमा लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य ८ दशमलव ३२ प्रतिशत वृद्धि भई रू। २५७ दशमलव ८० पुगेको छ ।
बुधवार सबैभन्दा बढी एनआईसी एशिया फेलेक्सी क्याप फण्डको इकाई मूल्यमा नेगेटिभ सर्किट लागेको छ । फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । इकाई मूल्य रू। ९ मा झरेको छ । त्यसैगरी दोस्रोमा एनआईबीएल प्रगति फण्डको इकाई मूल्य ८ दशमलव ९५ प्रतिशत घटेर रू। ८ दशमलव शून्य ४ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्री भएको नबिल बैंकको रू। ६ करोड ५१ लख बराबरको शेयर खरीदविक्री भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। ७९९ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा गोर्खाज फाइनान्सको रू। ४ करोड ५७ लाख बराबर छ ।
कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको हो । सबैभन्दा बढी वित्त समूहको समूहगत परिसूचक ५ दशमलव ९ प्रतिशत बढेको छ । त्यसैगरी दोस्रोमा व्यापार समूहको परिसूचक ५ दशमलव ७५ प्रतिशत वृद्धि भएको छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here