कास्कीबाट माओवादीले पठायो उम्मेदवारको सूची, २ को “ख” मा रामजी प्रसाद आचार्य

पोखरा । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) ले कास्कीबाट सम्भावित उम्मेदवारको सूची पठाएको छ । जिल्ला पार्टी कमिटीमा छलफल गरेर उनीहरुको नाम प्रदेश कमिटीमा पठाइएको हो ।

यहि मंसिर ४ गते हुन गइरहेको आमनिर्वाचनको पूर्वसन्ध्यामा नेकपा माओवादी केन्द्रको तर्फबाट कास्की क्षेत्र न. २ को “ख”मा जुझारू युवा, विचार राजनीति एवम जनयुद्धको निष्ठा प्रतिको प्रतिवद्धतालाई उच्च सम्मान गर्ने, साहित्यिक ब्यक्तित्व तथा संस्कृतिकर्मी युवा नेता रामजी प्रसाद आचार्यलाई अघि सारेको छ ।

आचार्य कास्कीका सम्भावित उम्मेदवारहरु मध्यका कान्छा उम्मेदवार हुन् । नेकपा माओवादी केन्द्रले यो चुनावमा युवाहरुलाई महत्वपूर्ण स्थान दिने भनि निर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here