म्हेन्दोमाया कलाकार संघको ७ औ वार्षिक साधारण सभा तथा वृहत् सास्कृतिक कार्यक्रम शनिबार हुने

काठमाडौ । तामाङ कला संस्कृतिको संरक्षण तथा प्रर्वद्धनको लागि” म्हेन्दोमाया कलाकार संघ नेपाल भन्ने मुल नाराका साथ म्हेन्दोमाया कलाकार संघ नेपालको सातौं वार्षिक साधारण सभा तथा  कार्यक्रम शनिबार हुने भएको छ । कार्यक्रम भाद्र २५ गते शनिबार सामाखुसीमा अवस्थित क्वालीटी क्याफेमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । 
वार्षिक साधारण सभा कार्यक्रममा म्हेन्दोमाया कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम सङ्गै रसुवा, धादिङ र नुवाकोटमा गठित जिल्ला लगायत सम्पूर्ण पालिकाहरुले वार्षिक प्रगति विवरण आर्थिक बिवरण प्रस्तुत गर्ने जानकारी संघका महासचिव आरम्भ तामाङले जानकारी दिएको हो । 
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, संरक्षक, निर्वतमान अध्यक्ष  लगायत सम्पूर्ण नयाँ तथा पुराना म्हेन्दोमाया कलाकारहरुको उपस्थितीमा परिचयपत्र नविकरण गराई वितरण गराउने बताए ।
(साभार: माया थोकर तामाङ, नमोबुद्धन्युज डट कम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here