नुवाकोट भाल्चेमा असोज ८ गते देखि खुल्ला फुटबल प्रतियोगिता हुने

नुवाकोट । प्रथम पुरस्कार नगद रु. १ लाख ९१५ रुपैया पुरस्कार रहेको दोस्रो भाल्चे खुल्ला फुटबल प्रतियोगिता नुवाकोटको किस्पाङ गाउँपालिका वडा न. १ को भाल्चेमा असोज ८ गते देखि हुने फुर्ब तामाङले होराईजन खबरलाई बताउनु भयो । त्यस्तै प्रतियोगिताको उप विजेता टिमले ४० हजार र सान्त्वना टिमले २० हजार नगद प्राप्त गर्ने छन ।

यस फुटबल प्रतियोगिता “कग्यु मोन्लम युवा क्लब” किस्पाङको आयोजनामा हुन लागिएको हो भने प्रतियोगितामा सहभागी हुन चाहने क्लवले भदौ १८ गतेदेखि असोज ५ गतेभित्र टिम दर्ता गरिसक्नु पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here