साउदी अरब पुगेका ३५ जना नेपाली अलपत्र

काठमाडौ । रोजगारको निम्ति साउदी अरब पुगेका ३५ जना नेपाली अलपत्र परेका छन्। 
काठमाडौमा रहेको टार्गेट एचआर मेनपावरबाट २०२२ जुन २० मा साउदी पुगेका ३५ जना नेपाली ७६ दिनदेखि अलपत्र परेका छन्।
पीडित भएका नेपाली भन्छन्, ‘नेपालमा गरेको सम्झौताअनुसार साउदी पुगेपछि सम्बन्धित कम्पनीले पूर्ण सम्झौता गर्न लगाएको र त्यसमा असमर्थ जनाएपछि कम्पनी तथा मेनपावरले वेवास्ता गरेका छन्। 
नेपालमा गरेको सम्झौताअनुसार एक हजार तीन सय साउदी रियाल दिने भनेपनि साउदी पुगेपछि पुनः कम्पनीले प्रतिमहिना आठ सय रियाल मात्र दिन लागेको थियो। 
उनीहरू साउदीको इफादा कम्पनीमा किल्नरको रूपमा काम गर्न साउदी पुगेका थिए।
पीडित भन्छन् ‘हामीलाई फिल्मी स्टाइलमा साउदीमा अलपत्र पारिँदै छ। जुन २० मा एयरपोर्टमा उत्रिएका हामी सम्बन्धित कम्पनीले १६ घण्टापछि लिन गयो र एक रुममा १४ जनाभन्दा बढीको दरले व्यवस्था गर्‍यो। दुई दिनपछि मेडिकल गराएर सम्बन्धित कम्पनी र मेनपावर बेखबर रहे।’ 
केही दिनपछि पुनः तिमीहरूको इन्टरभ्यु छ भनि तयार रहन जानकारी दिँदै कम्पनीको फोरमेन बताउने एक इन्डियनले सामूहिक फोटो खिचेर गएको र हालसम्म कुनै जानकारी नदिएको पीडित बताउँछन्। 
सम्बन्धित कम्पनीले सुरुमा दुई सय रियल र बस्न दिएको तर अन्य सेवा सुविधा समेत नदिएकाले अहिले बिचल्ली अवस्थामा रहेको बताए।
साउदी अरेबिया आउने क्रममा मेनपावरले सिधा कम्पनी भिजा हो र नेपालमा गरेको सम्झौताअनुसार सबै सुविधाहरू प्राप्त हुनेछन् भनि प्रतिव्यक्ति एक लाख पचास हजारदेखि दुई लाखसम्म दिएका थिए। मेनपावरमा कार्यरत टिपक बस्नेतलाई प्रतिव्यक्ति एक लाख बुझाएको र अन्य एजेण्डलाई पचास हजारमाथि बुझाएको पीडितहरूले बताए।
पीडित भएका नेपालीहरूको बारेमा नेपाली दूतावासमा जानकारी दिए लगतै दूतावासले सम्बन्धित मेनपावर र कम्पनीसँग छलफल गरी कामदारलाई सम्झौता अनुसारको काम र सेवा सुविधा दिन जानकारी गराउँदा सम्झौताअनुसार कामदारलाई काम र सेवा सुविधा दिन र नसके तत्काल स्वदेश फिर्ता पठाउन अल्टिमेटम समेत दिएको छ।
३५ नेपाली अलपत्र परेको र  खाना समस्या रहेको जानकारी प्राप्त भएलगत्तै सामाजिक व्यक्तित्व सुजन घिमिरेले आफ्नो जन्मोत्सवको अवसर पारी खाद्यान्न तथा आर्थिक सहयोग गरेका छन् भने अन्य सहयोगीमा अन्तर संस्था समय समिति रियादका स-परिवार तथा नेपाली होटल लालिगुराँस रहेका छन् ।
(annapurnapost)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here