हामी भन्दा कयौं बर्ष अगाडिका पुर्खाहरुलाई स्मरण गर्दा

बिचार/ब्लग । ‘हाम्रा बराजु हाम्रो लागी एक उर्जा’, पुर्बजहरुको तस्बिर देखेर उहाँहरुको बारेमा धेरै कुराको याद गराँऊछ,उहाँ हिजो कस्तो हुनुहुन्थ्यो होला है, अनी उहाँहरुलाई पनी हामीलाई पानी,,। जस्तै जिम्मेवारी, सपनी, सम्बंन्ध,आफ्ना अपेक्षाहरुले कती थाक्यो होला है,यस्तै उहाँहरुको जिबनले कती पिरल्यो होला उहाँहरुको म तस्बिर हेर्दै सोच्छु, चुपचाप मौन बस्ने गर्छु, हाम्रो उज्यालो भबिस्यको लागी गैंती चलाउँदै हाम्रो पुस्ताहरुको लागी शितल छहारी बनेर पहाडका कन्दराहरुमा कती दु:ख गर्नुभयो होला ।
पोसिलो खानेकुरा गिठ्ठा, भ्याकुर, अमला, टोक्दा कती थाके होला उहाँको दाँतहरु पुस्ताको निम्ति आफ्नै पाखा, खोर्या बारीहरुमा दुखको भारी तालु दाबिएर पिरले पैंताला ख्याउँदै परिस्थितीले बेस्सरी गलाउँदा पनी थाकेनन् होला मेरा पुर्बजहरु यसरी कहिल्यै नथाकेका मेरा पुर्बजहरु अचेल हामी धेरैं थाकेको देखेर सोध्नु हुन्छ “तिमीहरु थाक्यौ र ?”
म भन्ने गर्छु,।
“छैन,,।
मैले तपाईले जत्ति भोगेकैं छैन।
मैले तपाईले जत्ति बाचेकैं छैन ।
मलाई तपाईलाई जत्ति परेकैं छैन।
आफ्नाहरुका निम्ती त्याग गरेकैं छैन।
अब म संगैका पुस्ताहरुलाई सोध्न मन लाग्यो? कुन नैतिकताले हामी थाक्न मिल्छ ?”
हरेक पटक पुर्बजहरुको तस्बिर देख्छु र
मेरो थकानलाई नैतिक संकट पर्छ र हराएर नयाँ उर्जा आउँछ ।