धादिङ, सल्यानटार । त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत रहेको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आगामी चैत २८ गते विशेष स्त्री तथा प्रसूति रोग सम्बन्धी सेवा प्रदान गरिने भएको छ।
स्वास्थ्य केन्द्रले सो दिनका लागि विशेष कार्यक्रमअन्तर्गत एमबीबीएस तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोनिका मिश्रद्वारा सेवा उपलब्ध गराइने जनाएको छ। यस सेवाबाट गर्भवती महिला, प्रसूति जाँच तथा विभिन्न स्त्रीरोगसम्बन्धी समस्या भएका बिरामीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।
कार्यक्रम बिहान १०:०० बजेदेखि साझ ४:०० बजेसम्म सञ्चालन हुने बताइएको छ। स्थानीयबासीलाई समयमै स्वास्थ्य जाँच तथा परामर्श लिन स्वास्थ्य केन्द्रले अनुरोध गरेको छ।
साथै, स्वास्थ्य केन्द्रले हरेक महिना यस्ता विशेषज्ञ सेवा सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ, जसले ग्रामीण क्षेत्रमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने अपेक्षा गरिएको छ।






