विलियम शेक्सपीयरका केही प्रेरक भनाइहरु

William Shakespeare

१. सफा हृदयलाई सजिलैसँग भयभित पार्न सकिन्न ।
२. मानिसले अस्ताउँदो सूर्य देखेर आफ्नो ढोका बन्द गर्दछन् ।
३. प्रत्येक मानिसलाई आफ्नै जीवन प्यारो लाग्दछ । तर महापुरुषलाई आफ्नो जीवनभन्दा पनि बढी प्रिय र मूल्यवान इज्जत लाग्दछ ।
४. जो असल छैन, त्यो महान् छैन ।
५. जब अत्याचारीले प्रेमको अभिनय गर्छ, तब भने डराउनुपर्छ ।
६. चिन्ता जीवनकै शत्रु हो ।
७. हरेक मानिसको निन्दा सुन, तर आफ्नो निर्णय गोप्य राख ।
८. शोकलाई दृष्टान्तबाट टाढै राख ।
९. बढी सुन र कमभन्दा कम बोल ।
१०. आफ्नो विवेकलाई नै आफ्नो शिक्षब बनाऊ । शब्दलाई कर्मसँग र धर्मलाई शब्दसँग मेल गराउ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here