क्लब हाउसमा म्युजिक मस्ती द्वारा सञ्चालित तीजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भदौ – १४ । क्लब हाउस एपमा म्युजिक मस्तीद्वारा संचालित हरितालिका तीजको शुभकामना र दर कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता म्युजिक मस्तीका संयोजक बिनिता तिमिल्सिना(वर्षा)ले गर्नु भएको थियो भने मुक्तक मञ्च केन्द्रिय समितिको तर्फबाट किरण ढकाल , Music मस्तीका Admin सुरेश क्षेत्री , Leader हरु लक्ष्मन पौडेल, देबेन्द्र बजगाई , हरी घिमिरे , लेवि सान , बरुण तिमिल्सिना र सुरेश बाबू रावल लगायतका ब्यक्तिहरूको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा देश बिदेशमा रहनु हुने दिदीबहिनीहरुले तीजको गीत गाएर रमाइलो गर्नु भएको थियो र सो तीज गीत गाएर रमाइलो गरे बापत तीज दर स्वरुप नेपाल भित्र रहनु हुने १४ जना दिदी बहिनीहरुलाई नगद रु ५०० का दरले रिचार्ज गरिदिएको थियो भने दक्षिण कोरियाबाट केशव भट्टराईले रिचार्ज रकम प्रायोजन गर्नु भएको थियो ।

कार्यक्रम संयोजक बिनिता तिमिल्सिना (बर्षा)ले कार्यक्रममा सहभागीता जनाउनु हुने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै कार्यक्रमको निरन्तरता दिने प्रतिबद्दता सगैँ प्रायोजक तथा यस कार्यक्रमलाई भब्य बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने सुपर , प्रतीभा , महादेव , नवीन , अमिशा , राज एक्लो , प्रतीभा , निल, सुबास बुढाथोकी , अशोक ,सेजल, सुनिल बराल लगाएत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णलाई बिशेष धन्यवाद प्रकट गर्नुभएको थियो । उक्त कार्यक्रम म्युजिक मस्तीकी Leader रिभर्सी क्षेत्री र राजेश पौडेलले संचालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here