रुबीभ्यालीलाई पर्यटन ब्यबसाय बाटै समृद्ध बनाउन सकिने: पर्यटन ब्यबसायी प्रदीप तामाङ

धादिङ । बिगत लामो समय देखि पर्यटन ब्यबसायमा आबद्ध हुनु भएका रुबीभ्याली ३ सेर्तुङका युवा पर्यटन ब्यबसायी एवं नेपाल तरुण बिभाग, बागमती प्रदेशका केन्द्रिय सदस्य समेत रहनु भएका प्रदीप तामाङले रुबीभ्याली गाउँपालिकालाई पर्यटन ब्यबसाय मार्फत नै समृद्ध बनाउन सकिने बताउनु भयो ।

मिस्सन गणेश हिमाल संस्था मार्फत १० दिनका लागि फ्रान्सका १३ जना विद्यार्थीहरु रुबीभ्यालीको शिक्षा, स्वास्थ,कृषि र बाताबरण सम्बन्धि अध्यन गर्न केही समय अघि रुबीभ्याली आएको र उक्त टोलीको नेतृत्व समेत गर्नु भएका तामाङले आफ्नो अनुभवहरु सेयर गर्दै रुबीभ्यालीमा प्रचुर मात्रामा पर्यटन ब्यबसायको सम्भावना रहेको र अझै पालिकामा साना भन्दा साना देखि लिएर थुप्रै जटिल प्रकृतिका समस्याहरु समेत रहेको होराइजन खबरलाई बताउनु भयो ।

रुबीभ्यालीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रचुर सम्भावना रहेको तामाङ बताउनु हुन्छ । सेर्तुङ र टिप्लिङ गाउँको सिमानामा पर्ने पाङ्साङ पास, सिङ्ला, रुबीभ्याली ३ सेर्तुङको एतिहासिक (ब्रगर जो) घले डरवार साथै त्यस्को माथी रहेको बौद्ध स्तुपा,कालो दह सेटो दह,तातोपानी, उत्तरी धादिङकै सबै भन्दा सुन्दर र घना बस्ती लापा गाउँ घुम्न सकिने अन्य सुन्दर गाउँ हरु सेर्तुङ टिप्लिङ खादिङ लगायत स्थानहरु अबलोकन गर्न सकिने ।
पर्यटकीय सम्भावना संगै १० दिनको अवधिमा उहाँले थुप्रै समस्याहरु अभावहरु र यस क्षेत्रको बिकासको निम्ति र यहाँका स्थानीयहरुको जिबन उकास्न धेरै कुराहरु गर्नु पर्ने बताउनु हुन्छ ।

शिक्षालाई अझै प्रभावकारी र गुणस्तरीय बनाउनु पर्ने आवश्यक रहेको छ । कृषिमा थुप्रै समस्याहरु रहेको र साधारण कृषि बालीहरुमा उत्पन्न समस्याहरुमा आवश्यक र प्रभावकारी रुपमा कृषि बालिको उपचार गर्न नसकिएको एबं स्थानीय उत्पादित बालिको बजारीकरण गर्न नसकिएको बताउनु भयो ।

बन जङ्गलमा बोत बिरुवा काटिएका छन तर बृक्षारोपन गरिनु पर्छ भन्ने चेतनाको अभाव स्थानीयमा देखिएको छ । जस्ले गर्दा बाढी पहिरो लगायत अन्य बाताबरणीय समस्याहरु उत्पन्न हुन सक्ने बताउनु हुन्छ ।त्यस्तै स्वास्थ क्षेत्रमा त अझै थुप्रै कुराहरुमा ध्यान दिनु पर्ने एबं सुधार गर्नु पर्ने आवश्यक ठान्नु हुन्छ ।

१० दिनको रुबीभ्यालीको बसाईको क्रममा आफुलाई विभिन्न कारण फुड पोइजन भएको र म्याट्रोजन खादा ब्याक्टेरिया नमरेको र सिब्रो खानु पर्ने अवस्थाको सृजना भयो जुन त्यहाको स्वस्थ्य केन्द्रहरुमा प्राप्त हुन सकिएन पछि टोलि मार्फत नै लगिएको औषधिले निको भएको बताउनु हुन्छ । अन्यथा लाखौ खर्चेर काठमाडौ जानू पर्ने अवस्था हुन सक्थ्यो । रुबीभ्यालीका कतिपय स्वास्थ्य चौकी, स्वास्थ इकाईहरुमा सिब्रो, पेनाडोल्त, एन्टिबायोटिक जस्ता अति आवस्यक औसधिहरु उपलब्ध नभएको उहाले पाउनु भएको आफ्नो अनुभव सेयर गर्नु हुन्छ ।

केही पाउला कि भनेर भन्दा पनि सामाज रुपान्तरणको लागि केही गर्न सकिएला कि भन्ने निस्वार्थ उदेश्यका साथ सम्पूर्ण सरोकार निकाय, राजनैतिक दलका नेतृत्वहरु एब जनप्रतिनिधिहरु लागि पर्नु पर्ने र यहाँ देखिएका समस्याहरु लाई समाधान गर्दै पर्यटकीय सम्भावनालाई बढाउन आवस्यक सबै किसिमका भौतिक निर्माण एबं स्थानीय पर्यटन ब्यबसायसंग संबंधित सबै कुराहरुको बिकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याएर स्थानीयको जिबन स्तर उकास्दै समृद्ध रुबीभ्यालीको निर्माण गर्न सकिने प्रदिप तामङ बताउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here