जेल जीवनले ‘ओ हेनरी’लाई दिएको सफलता

एउटा सामान्य परिवारमा जन्मेका ओ हेनरी विश्वका महानतम कहानीकारमध्ये एक हुन् । उनले हाइस्कुलको पढाइसमेत गर्न पाएका थिएनन् । पछि बैंकमा कर्मचारी भई काम गरिरहँदा उनलाई घोटाला गरेको आरोपमा पाँच वर्ष जेलको सजाय सुनाइयो ।
जेल जीवनको सदुपयोग गर्न उनले त्यहीँबाट कथा कहानी लेख्न थाले । उनको यही नौलो चरित्रकै कारण उनी तीन वर्षमै जेलबाट मुक्त भए । पछि उनले कहानी लेखनलाई नै पेसा बनाउन थाले ।

सबभन्दा रमाइलो कुरा के भएछ भने जुन लेखकले हाइस्कुल–कलेज जान पाएनन्, आज उनकै कथा संसारभरि पढाइन्छ । यदि उनी जेल नपरेका भए एक महानतम लेखकको जन्म नै हुने थिएन ।

साभारः ‘नव सफलता शास्त्रा’ पुस्तकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here