अमेरिका, वेलायत, अस्ट्रेलिया र युरोपेली युनियनका राजदुत र प्रचण्ड बिच भेट

काठमाडौं । शनिबार बिहान नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय कोर्अडीनेटर रिचर्ड हावर्ड, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य(वेलायत), अस्ट्रेलिया, स्विस तथा युरोपेली युनियनका राजदुतहरुको संयुक्त प्रतिनिधि प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)सँग भेटवार्ता गरेका छन् ।
प्रचण्डसँगको भेटमा उनिहरुले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा आफुहरुको सकारात्मक सहयोग र सद्भाव रहने बताएका हुन्। नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनिहरुले बताए ।

भेटको क्रममा उनिहरुले गम्भीर मानव अधिकार उलंघनको घटना र पीडितहरुको पुनरावेदनको अधिकारकाबारे चासो राखेका थिए । अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा उहाँहरुले देखाएको सामुहिक सुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरे ।
विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायका संबेदनसिलताप्रती राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेस, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here