आज जनै पुर्णिमा, क्वाँटि खाने दिन

क्वाँटी:
आज क्वाटि खाने दिन । यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको “क्वाँटी” हो । आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलार्इ विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।

क्वाँटी पकाउने आ-आफ्नै तरिका हुन्छ, भूटेर, झोल पारेर साकाहारी स्वाद अथवा खसी वा कुखुराको मासु मिसाएर समेत स्वादिष्ट परिकार क्वाँटि तयार पारिन्छ । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासंग सम्बन्धित बिभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई “न्वाँगी” भनिन्छ ।

देशमा हुनुहुन्छ या विदेशमा हुनुन्छ, परिवारसंग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ, तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न रु तपार्इ-हामी जहाँ छौं जे गर्दैछौं आजको यो सांस्कारीक काँचो धागो वा दाजू-भार्इ, दिदी-बहिनीहरूबिचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालिन परम्पराको निरन्तरतालार्इ यूगौं यूगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस र सबैको रक्षा होस्, जनै पूर्णिमा, रक्षा बन्धनको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here