विश्व प्रसिद्ध बैज्ञानिक सरअइज्याक न्यूटनको सफलता

प्रख्यात बेलायती गणितज्ञ र भौतिक शास्त्री सर आइज्याक न्यूटनले संसारलाई गुरुत्वाकर्षण र गतिको नियम दिए । उनले प्रकाश सम्बन्धी सिद्धान्त खोजे र पहिलोपटक परावर्तित दूरबीन बनाए । क्यालकुलस सम्बन्धी उनको खोज विज्ञानका लागि वरदान साबित भयो ।
न्यूटन जन्मनुअघि नै उनका पिताको मृत्यु भएको थियो । उनी ३ वर्षको हुँदा उनकी आमाले दोस्रो विवाह गरिन् र उनलाई उनकी हजुरआमाले हुर्काइन् । उनले बाल्यकालमा नै सनडायल, पानीघडी, वायुघट्टा आदि बनाएका थिए । उनले केवल २ वर्षमात्र स्कुल पढ्न पाए ।

आफ्ना दोस्रो पतिको मृत्युपछि न्यूटनकी आमाले उनलाई स्कुलबाट निकालिन् । उनी न्यूटनलाई किसान बनाउन चाहन्थिन् तर न्यूटनलाई खेतीमा रुचि थिएन । उनलाई तर्कपूर्ण ढङ्गले प्रकृतिका रहस्य सुल्झाउनमा रुचि थियो ।

एक दिन जब उनी बगैँचामा घुमिरहेका थिए, तब उनले एउटा स्याउ रुखबाट जमिनमा खसेको देखे । यही सानो घटनाको अवलोकन र विश्लेषणको आधामा उनले गुरुत्वाकर्षण शक्तिको नियम पत्ता लगाए । उनी धेरै समयदेखि चन्द्रमालाई पृथ्वीको वरिपरि घुमाउने शक्तिको बारेमा सोचिरहेका थिए ।
जब उनले स्याउ खसेको देखे तब उनले सोचे कि स्याउमा काम गर्ने गुरुत्वाकर्षण शक्तिले चन्द्रमा माथि पनि काम गर्छ, यद्यपि दूरीका कारण यो शक्ति केही कम हुन सक्छ । न्यूटनले भार पत्ता लगाउने सिद्धान्त प्रकाशमा ल्याए । सानो घटनाबाट प्रेरित भएको यो धेरै ठूलो खोज थियो । आखिरमा उनले त्यो सिद्धान्त खोजे जसको कारण यो ब्रह्माण्ड अस्तित्वमा छ ।
साभार : ‘सफलता’ पुस्तकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here