रुबीभ्याली ६ मा महिलाहरुको लागि ३ दिने नेतृत्व बिकास क्षेमता अभिवृद्धि तालिम सुरु

धादिङ । उत्तरी धादिङको रुबीभ्याली ६ रिचेतमा वडाको ५ वटा समुहहरुको सहभागीतामा महिला आमा समुहहरुको लागि ३ दिने नेतृत्व बिकास क्षेमता अभिवृद्धि सम्बन्धि तालिम शनिबार देखि सुरु भएको छ ।

रुबीभ्याली ६ को आर्थिक सहयोगमा भएको उक्त कार्यक्रमको उद्घाटन समारोहको प्रमुख आतिथ्य सोही वडाका अध्यक्ष समिर गुरुङ हुनुहुन्थ्यो भने तालिमको प्रमुख प्रशिक्षक स्थानीय शासन बिज्ञ डा सीता ढुंगाना हुनुहुन्छ ।

कार्यक्रम मा वडाका ५० जना आमा तथा दिदीबहिनीहरुको सहभागी रहेको वडा गुरुङले बताउनु शनिबार देखि सुरु भएको उक्त तालिम भोलि सोमबार सम्पन्न हुनेछ ।