ऐठन के हाे ? निन्द्रामा किन हुन्छ ऐठन ……?

के तपाईंलाई निद्रामा यस्तो लागेको छ की तपाईंले सबै कुरा देख्न सुन्न सक्नुहुन्छ तर तपाईं आफ्नो हात खुट्टा चलाउन सक्नुहुन्न किनकी तपाईंलाई कसैले दबाइरहेको छ ?आजसम्म तपाईं कहिल्लै पनि त्यो ठाउँमा जानुभएको पनि छैन र त्यो काम गर्नु भएको पनि छैन तर तपाईंलाई त्यो ठाउँ पहिल्यै देखे जस्तो लाग्छ त्यो काम पनि पहिल्यै गरे जस्तो लाग्छ वास्तबमा त्यो तपाईंले पहिलो पटक गर्दै हुनुहुन्छ ?

के हो ऐठन ?
नेपालीमा ऐठन भनेको के हो त रु त्यसको बारेमा यहाँ केही बैज्ञानिक कारणहरु यस्ता छन । ऐठन भनेको अस्थाई रुपमा निदाउदा आफ्नो शरीर चलाउन र बोल्न नसक्नु हो । यति बेला तपाईले वरपराका कुरा देख्नु हुन्छ महसुस गर्नु हुन्छ तर तपाईं चल्न र बोल्न सक्नु हुदैन । डर त त्यही बेला लाग्छ जब तपाईको दिमागले तपाईले सानोमा सुनेको भुत प्रेत आफ्नो आगाडी या आफू माथी कल्पना गर्छ । जसलाई हामी बैज्ञानिक भाषामा Jabigashlbatshyal भन्ने गर्छौ । यो जति सुकै भयानक भएता पनि यसले कुनै हानी भने गर्दैन ।

ऐठन प्रय २ देखि ७ मिनेटको समय सम्म हुने गर्छ तर कसैकसैलाई यो रातभरी पनि हुन सक्छ । कसैलाई जिवनकालमा एक या दुई चोटीमात्र हुन्छ र कसैलाई केही समयको अन्तरालमा भैरहन्छ । प्राय निधाउन लाग्दा र निन्द्रा खुल्ने समयमा ऐठन भएको पाईन्छ । तपाईं यदि धेरै रात सुत्नु भएन दिनमा मत्रै सुत्नु भयो अनि अचानक निकै समय १र२ हप्ता पछि रातमा सुत्नु भयो भने पनि यसको सम्भावना बढेर आउँछ ।

यसको कारण :
रातमा तपाईको शरीरले तपाईलाई निन्द्रामा हिड्न बाट रोक्नको लागि एउटा अर्धचेत बनाउछ र तपाईंको दिमाग तपाईको शरीरको सहकार्यमा निदाउछ। तर यदि तपाईं केही मानसिक तनाब या दिमागमा निकै कुरा खेलाउदै निदाउनु हुन्छ भने तपाईको दिमागको एउटा सानो भाग बिउझन्छ र शरीर चलाउन खोज्छ तर शरीरले बनाएको त्यो अर्धचेतले हामीलाई उठ्न दिदैन । त्यसैकारण ऐठन हुने गर्छ ।

ऐठन मान्छे मान्छेमा फरक हुन सक्छ । कसैले आवाज कल्पना गर्न सक्छन भने कसैले आफ्नो अगाडि या आफ्नो छातीमा कसैलाई महसुस गर्न सक्छन ।ऐठन हुदा हामी भुत प्रत अगाडि पाउछौ र मन मनै भगवानको प्राथना गर्न थाल्छौ किनकि हामीलाई सानैबट सिकाईएको छ कि हामीलाई नोक्सान भुत प्रेतले गर्छ र हामीलाई भावानले बचाउछ । हाम्रो दिमागले पनि त्यही कल्पना गर्छ ।

ऐठनले तपाईलाई पनि भएको छ भने डराउनु पर्दैन यो कुनै भुत प्रेतको प्रभाब होईन न त मानसिक रोगनै हो । यो १०० मा ९८ जनालाई हुने नै गरेको पाईन्छ । तर यदि तपाईलाई हरेक रात झै एठन हुन्छ भने तपाईले एकपल्ट डाक्टर संग सम्पर्क गर्दा राम्रो हुन्छ । डाक्टरले तपाईलाई कसरी निदाउन सकिन्छ भनेर पुर्ण सहयोग गर्न सक्नु हुन्छ ।

शरीरमा रगतमा अक्सिजन को मात्रा कम हुँदा मस्तिष्कमा अवरोध उत्पन्न् हुनाले माम्सपेसी को नियन्त्रण गुम्दा अर्धचेत अवस्थाको शृजना भइ त्यस्तो अनुभुती हुन्छ । अर्धचेत अबस्थामा मानिसको उर्जा अनियमित र क्रम भङ्ग को रूपमा बिचरण गर्ने हुंदा अनौठो अनौठो अनुभुती हुन्छ ।

शरिर सुतेपनि मन अर्धचेत अवस्थामा डुलिरहन्छ जव मान्छे मनोवल कमजोर भई आत्तिन्छ सो अवस्थामा शरिरमा पुग्नुपर्ने अक्सिजन पुग्दैन् तसर्थ कमजोर हुन्छ अर्धचेत र कमजोरीमा त्यस्ता खराव तत्व प्रवेश गरेर आक्रमण हुन्छ र ऐठन हुन्छ । किनकी मान्छेको शरिरमा सबै तत्व मिलेर रहेको छ । डर, त्रास कमजोरी मान्छेमा जन्मजातै छ ।

यसलाई रोक्नको लागि
१. मानसिक तनाब लिएर बिस्तारमा नजानु होला । यदि केहि मानसिक तनाब छ भने नुहाएर सुत्नु राम्रो हुन्छ ।

२. सुत्नु अघि मोबि, दूध या प्रयाप्त पानी पिएर निदाउनुले एठन रोक्न सक्छ ।

३. सबै भन्दा राम्रो केही पढ्दै निदाउनु हुन्छ प्राय मान्छेहरु पढ्दा निदाउछन र दिमाग पनि अन्तै केन्द्रीत हुन्छ ।

राती तपाईलाई भयो र तपाईं बिउझनु भयो उठेर लामो सास लिनुस, बत्ती बाल्नुस, पानी पिउनुस, झ्याल खोलेर चिसो हावा लिनुस आफुलाई सम्झाउनुस यो केवल दिमागको खेल हो र यो रातमा एक पल्ट मत्रै हुन्छ भनेर । अनि आफू तयार भए झै लागे पछि आराम साथ निदाउनुहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here