अखिल क्रान्तिकारी धादिङले प्रशिक्षण तथा विद्यार्थी सगं अखिल क्रान्तिकारी अभियानको उद्घाटन

धादिङ । अनेरास्ववियू(क्रान्तिकारी) जिल्ला समन्वय समिती धादिङको जिल्ला स्तरीय प्रशिक्षण भेला तथा विद्यार्थी संग अखिल (क्रान्तिकारी) उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ। जिल्ला समन्वय समिती धादिङको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र) का पोलिब्युरो सदस्य एवम बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शलिकराम जम्कट्टेल; बिशिस्ट अतिथी अखिल(क्रान्तिकारी) केन्द्रिय समिती उपाध्यक्ष राजकुमार लिम्बू; विशेष अतिथी माओवादी केन्द्र केन्द्रिय सदस्य राम बहादुर भन्डारी; अतिथी अखिल क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य रमेश खड्का लगायतका नेताहरुले प्रशिक्षण दिनुभएको छ ।

अनेरास्ववियू(क्रान्तिकारी) केन्द्रिय समितीले देशब्यापी रुपमा संगठन सुदृढका निम्ति तीन महिने विद्यार्थी संग अखिल(क्रान्तिकारी) अभियान संचालन गरेको छ । बैज्ञानिक समाजबादि शिक्षा र समाजबाद उन्मुख समृद्धिका निम्ति अखिल क्रान्तिकारी बलियो हुनुपर्नेमा कार्यक्रमका प्रमुख अतिथी शालिकराम जम्कट्टेलले बिध्यार्थी लाई जोड दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here