सत्ता गठबन्धनको बैठक: चुनावी तालमेलको सहमति, सिट बाँडफाँडबारे यस्तो छलफल

काठमाडौ । सत्तारुढ गठबन्धनमा आबद्ध दलको आज बसेको बैठकले आगामी निर्वाचनमा पनि गठबन्धनमा आबद्ध दलहरूबीच तालमेल गरेरै जाने सहमति गरेको छ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै बसेको बैठकले गठबन्धनका दलहरुबीच सिट बाँडफाँडका लागि सहमति जुटाउन कार्यदल गठनसमेत  गर्ने निर्णय भएको सञ्‍चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। कार्यदलमा ९ जना सदस्यहरू रहने बताइएको छ।

प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० प्रत्यक्षतर्फका सिट छन्। जसमध्ये कांग्रेसले प्रतिनिधिसभामा कम्तीमा ९५ सिट राखेर बाँकी ४ दललाई ७० सिटबाट भागवण्डा लगाउने मनस्थिति बनाएको छ। तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने कांग्रेसलाई ८० सिट दिन तयार देखिन्छन्। प्रदेशसभाको सिट बाँडफाँटमा पनि दलहरु यही अनुपातलाई मिलाएर लैजाने तयारी गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here