प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक

काठमाडौ । प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक भएको छ।
मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्ममा शिक्षक बन्न एक युवाको संघर्षको कथा देखाइएको छ।

दिनेश राउतको निर्देशन गरेको फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत कलाकारको अभिनय छ। 
फिल्मको कथा विकास सुवेदीले तयार पारेका हुन्। 

राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका छन्। महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्।
यो फिल्म भदौ १० गतेदेखि प्रदर्शन हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here