भारत-चीन सैन्य वार्ता सकारात्मक: पूर्वी लद्दाखको मुद्दा समाधान गरि शान्ति स्थापना गर्ने

भारत र चीनबीचको १६ औँ चरणको कोर्प्सकमाण्डर–स्तरीय बैठक रचनात्मक रुपमा सम्पन्न भएको  छ ।  पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनःस्थापना गर्न सहयोग गर्ने दुबै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

दुबै पक्षले निकट भविष्यमा सकारात्मक नतिजाको अपेक्षा गरेका छन् । दुबै पक्षहरू निकट सम्पर्कमा रहन र सैन्य तथा कूटनीतिक च्यानलमार्फत वार्ता गर्न सहमत भएका छन् । त्यस्तै, बाँकी मुद्दाहरूको चाँडो भन्दा चाँडो पारस्परिक रूपमा स्वीकार्य  हुने गरी समाधान गर्न दुबै पक्ष सहमत भएका भारत–चीन संयुक्त विज्ञप्तिमा भनिएको छ । 

दुवै पक्ष पश्चिमी क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमत भएका छन् । भारत–चीन कोर्प्स कमाण्डर स्तरको १६ औं चरणको बैठक भारततर्फको चुसुल–मोल्डो सीमा बैठक बिन्दुमा सम्पन्न भएको थियो । बैठकमा दुबै पक्षबीच खुलेर विचार आदानप्रदान भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here