फुटको नजिकमा जसपा

काठमाडौ । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ ।जसपा केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले छुट्टा-छुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
यादवले असार २९ र ३० गते वीरगन्जमा, भट्टराई पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् । यादव समूहका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा शुक्रबार जारी गरिएको वक्तव्यमा असार २९ र ३० गते वीरगन्जमा बैठक डाकिएको जनाइको थियो।
भट्टराई पक्षका नेता विश्वदिप पाण्डेका अनुसार छलफल हुने विभिन्न एजेण्डाहरु तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद् सदस्यलाई पठाइएको छ । जसपाको केन्द्रीय समितिको विस्तारित बैठकको एजेण्डाहरुमा पार्टीको आन्तरिक अवस्था, स्थानीय निर्वाचनको समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल  गरिने पाण्डले अन्नपूर्णलाई जानकारी दिए ।
यादव पक्षले यसअघि काठमाडौंमा कुनैपनि बैठक नडाकिएको भन्दै वक्तव्य निकालेको थियो । 
केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनाधिकृतरुपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी भ्रम फैलाइरहेको वक्तव्यमा भनिएको थियो । जसपा केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले छुट्टा-छुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
यादवले असार २९ र ३० गते वीरगन्जमा, भट्टराई पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् । यादव समूहका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा शुक्रबार जारी गरिएको वक्तव्यमा असार २९ र ३० गते वीरगन्जमा बैठक डाकिएको जनाइको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here