बिस्वका दुई ठुला आर्थिक शक्तिका रास्ट्रहरु अमेरिका र चीन आपसमा सहकार्य गर्न इच्छुक

अन्तरास्ट्रिय खबर । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङ यीले सँगसँगै काम गर्ने आशा व्यक्त गरेका छन् ।  शनिबार इन्डोनेसियामा आयोजित एउटा दुर्लभ वार्तापछि दुबै देशका विदेशमन्त्रीले यस्तो आशा व्यक्त गरेका हुन् ।
दुबै नेताले पुनः वार्ता गर्न आफूहरु उत्सुक रहेको बताएका छन् । ‘ हामी सृजनशिल र रचनात्मक वार्तालापको लागि धेरै उत्सुक छौं’, अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने ।

उक्त अवसरमा विदेशमन्त्री वाङले राष्ट्रपति चीनका राष्ट्रपति सी जिनपिङले विश्वका दुई ठूला आर्थिक शक्तिहरूबीचको सहकार्य र आपसी सम्मानमा विश्वास गरेको बताएका थिए । ‘चीन र अमेरिका दुई ठूला देश हुन् । तसर्थ, दुई देशले सामान्य आदानप्रदान कायम गर्न आवश्यक छ’ विदेशमन्त्री वाङले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here