विलिभर्स ईस्टन चर्च धादिङले विपन्न, जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

धादिङ । विलिभर्स ईस्टन चर्च धादिङले विभिन्न विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कम्जोर १० जना जेहेन्दार विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रम बिच शैक्षिक सामाग्री वितरण गरेको छ ।

शैक्षिक सामाग्री संगै विद्यार्थीलाई आवस्यक कलम, कपि, विद्यालय झोला, विद्यालय पोशाक, कपडा धुने साबुन, नुहाउने साबुन लगायतका सामाग्रीहरु समेत बितरण गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुलाई रुविभ्याली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समिर गुरुङ एबं खनियावास गाउँपालिकाको कार्यपालिका सदस्य दिपक परियारले संयुक्त रुपमा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

साथै रुबीभ्याली ६ का वडा अध्यक्ष समीर गुरुङले यो सहयोगले समुदायमा सकारात्मक सन्देश जानुको साथै आर्थिक रुपमा विपन्न ती बालबालिकाहरुलाई पढाईलेखाईमा केही हद सम्म भए पनि टेवा पुग्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here