अफगानिस्तानमा ६.१ म्याग्निच्युटको शक्तिशाली भूकम्पले २५० जनाको मृत्यु

अन्तरास्ट्रिय खबर । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् ।
अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।
एक जना स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । क्षति योभन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।
सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिएका छन् ।
भूकम्पबाट सबैभन्दा धेरै क्षति अफगानिस्तानको पक्तिका प्रान्तमा भएको छ । ‘दुर्भाग्यवश १ गएराति गएको भूकम्पमा परी पक्तिका प्रान्तका चार जिल्लाका सयौं मानिसहरू घाइते भएका छन् भने दर्जनौं घरहरू ढलेका छन्‚’ सरकारका प्रवक्ता बिलाल कारिमीले ट्विटरमा लेखेका छन् ।
उनले सम्बन्धित निकायलाई आपत्कालीन उद्धारका लागि तुरुन्त उक्त क्षेत्रमा जानका लागि निर्देशनसमेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here