तपाईंको बालबालिकाको ओच्छ्यानमा पिसाब फेर्ने बानी छ ? यसरी हटाउन सकिन्छ

काठमाडौ । प्राय साना बालबालिकाले राति निन्द्रामा ओच्छ्यानमा पिसाब फेर्ने गर्दछन् । कतिपय ठूलो उमेरका बालबालिकामा पनि यो समस्या हुने गरेको छ । यसले बालबालिकाका साथै परिवार र आफन्तलाई समेत अप्ठेरो बनाउँछ । साथै बालबालिकाको आत्मविश्वासलाई समेत कम गराउने र लजाउने जस्ता मनोबैज्ञानिक असर पनि पर्न सक्छ ।
बच्चाले सपनामा बाहिर पिसाब फेरेको देख्छ तर उसले बाहिर नभई ओच्छ्यानमै फेरेको हुन्छ । त्यसैले यस्तो समस्या आउन नदिन बच्चालाई रातमा उठाएर भएपनि पिसाब गराउने बानी बसाल्नु पर्दछ । यसो गरे बिस्तारै यो समस्या हराएर जान सक्छ । कतिपय अवस्थामा बालबालिकालाई राम्रोसंग सम्झाउन सकेपनि यो समस्या आफै हल हुन्छ ।

बालबालिकामा पिसाबको समस्या संक्रमणका विभिन्न कारणले हुन सक्छ । सामान्यतया बालिकाको तुलनामा बालकमा पिसाबको संक्रमण कम हुन्छ । तर, बालकमा पिसाबको संक्रमण देखियो भने त्यसले मिर्गौलामा समस्या निम्त्याएको हुन सक्छ ।

यस अलावा बालबालिकाको मृगौलाको बनावटमा फरक, पिसाब थैली, पिसाब नलीमा समस्या, पिसाब फेर्ने बाटोका छाला पूरा नफर्किंदा, कब्जियत तथा लामो समयसम्म पिसाब रोक्ने बानीका कारण संक्रमण देखिन्छ । यस्ता समस्या देखिए तुरुन्तै उपचारमा जानुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here