पहिलो डिजिटल मार्केटप्लेस नेपालमा सुरु

काठमाडौ । इलान्स डिजिटल मिडिया प्रालिले सबै विज्ञापन, ब्रान्डिङ र मार्केटिङ आवश्यकताहरूको लागि नेपालको पहिलो डिजिटल मार्केटप्लेस eLancedigitalmedia.com सुरु गरेको छ । इलान्सले वेबसाइट डिजाइन, सर्च इन्जिन अप्टिमाइजेसन, सोसल मिडिया मार्केटिङ, गुगल विज्ञापन, मल्टिमिडिया लगायत सेवाहरु प्रदान गर्दछ । 

इलान्सकी प्रमुख कार्यकारी अधिकृत तरुमिता सामलले भनिन्, ’हामीले हरेक दिन ग्राफिक्स प्याकेजिङ्ग डिजाइन, लोगो डिजाइन, फेसबुक विज्ञापन र डिजिटल मार्केटिङसँग सम्बन्धित अन्य सेवा हरूका बारेमा धेरै कलहरू प्राप्त गर्दथ्यौं तर  हामी सधैँ मासिक प्याकेजहरूको साथ हाम्रा अन्य  ग्राहकहरूसँग व्यस्त भएकाले अर्डरहरू लिन असमर्थ भयौ र यसले हामीलाई एउटा बजारको आवश्यकता महसुस गरायो जहाँ मानिसहरूले सीधै कुनै पनि आफूलाई आवश्यक पर्ने सर्भिस प्याकेज किन्न सक्छन् यसमा सानो वा ठुला  सेवा केहि  फरक पर्दैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here