नीलकण्ठ न.पा. धादिङ द्वारा १ अर्ब २२ करोड ९१ लख २३ हजार रुपैयाँको बजेट विनियोजन

धादिङ जिल्लाको सदरमुकाम स्थित नीलकण्ठ नगरपालिकाको प्रथम अधिवेशन तथा दोस्रो नगर सभा सम्पन्न भएको छ ।जिल्ला समन्वय समिति धादिङको हलमा सम्पन्न भएको नगरसभाले आर्थिक बर्ष २०७९/०८० का लागि १ अर्ब २२ करोड ९१ लख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

आर्थिक क्षेत्रमा ८ करोड २८ लाख बजेट विनियोजन गरिएको छ । कृषि क्षेत्र प्रवर्द्धनका लागि ५ करोड २९ लाख विनियोजन गरिएको छ । ‘एक वडा एक उत्पादन, उत्पादनमा आधारित अनुदान’ नारासहित प्रत्येक वडामा कृषिजन्य तथा दुग्धजन्य उत्पादनको प्रवर्द्धन कार्यक्रम ल्याइने उपप्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।उद्योग तथा लघु विकासका लागि १ करोड ४७ लाख छुट्याइएको छ ।

नीति कार्यक्रम तथा बजेटले नागरिकको जीवन रक्षात्मक कार्यहरुमा जोड दिने, बालमैत्री नगर निर्माण गर्ने, कृषिमा व्यवसायीकरण, औद्योगीकरण गर्न सरकारी, सहकारी र नीजि क्षेत्रको सहकार्यमा जोड दिने, आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बनाउनुका साथै स्थानीय उत्पादनको प्रयोग तथा अगार्निक उत्पादनमा जोड दिने जस्ता प्राथमिकता क्षेत्र तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here