क्रिप्टोकरेन्सीले एक वर्षमा ४६ हजार व्यक्तिले एक खर्ब २५ अर्ब बढी रकम गुमाए

काठमाडौ । क्रिप्टोकरेन्सी स्क्याममा गएको एक वर्षमा ४६ हजार व्यक्तिले एक अर्ब अमेरिकी डलर (एक खर्ब २५ अर्ब रूपैयाँ) भन्दा बढी रकम गुमाएका छन् ।

संयुक्त राज्य अमेरिकाको फेडरल ट्रेड कमिसनले सार्वजनिक गरेको रिपोर्ट अनुसार अनलाइन माध्यममार्फत आउने विभिन्न विज्ञापन, सामाजिक सञ्जालका पोस्टहरू लगायतको माध्यमबाट उपभोक्ताले डिजिटल मुद्रामा लगानीको नाममा आफ्नो पैसा गुमाएका हुन् ।

पैसा गुमाएका उपभोक्तामध्ये आधाभन्दा बढीले सामाजिक सञ्जालमा आउने विभिन्न स्क्याममार्फत आफ्नो पैसा गुमाएका छन् ।

गत वर्ष नोभेम्बरमा बिटक्वाइनको मूल्य ६९ हजार डलर पुगेको थियो । यसले गर्दा बिट्क्वाइनमा लगानी गर्नेको संख्या पनि बढेको थियो ।

यसैको फाइदा उठाएर विभिन्न स्क्याममार्फत मानिसहरू क्रिप्टोको नाममा ठगीमा परेका थिए ।

सामाजिक सञ्जालमा हुने ठगीमा हराएका प्रत्येक दश डलरमध्ये झन्डै चार डलर क्रिप्टोमा गरिएको लगानी थियो, जुन अन्य कुनै पनि भुक्तानी विधिको तुलनामा धेरै हो ।
त्यस्ता घटनामा इन्स्टाग्राम, फेसबुक, व्हाट्सएप र टेलिग्रामजस्ता प्लेटफर्महरू रहेका छन् । रिपोर्ट अनुसार प्रति व्यक्ति औसतमा २,६०० डलरसम्म गुमेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here