‘पासाङ चोक कृषि सहकारी’ संस्थाले गंगाजमुना २ तावलमा चाउमिन उद्योग संचालन

आर्थिक खबर, धादिङ । गंगाजमुना गाउँपालिका २ तावलमा चाउमिन उद्योग संचालनमा आएको छ । गाउँ कै, पासाङ चोक कृषि सहकारी संस्थाले करिब ६ लाखको लागतमा उक्त उद्योग संचालन गरिएको स्थानीय कान्छा तामाङले होराईजन खबरलाई बताउनु भयो ।

२ दिन अघि देखि संचालनमा आएको चाउमिन उद्योगले बिक्री प्रबर्द्धन वृद्धि हुँदै गए दैनिक १०० केजी सम्म चाउमिन उत्पादन गर्न सक्ने उद्योगको क्षमता रहेको तामाङले बताउनु भयो ।

साथै उद्योग संचालनमा आए संगै उत्तरी धादिङको निम्ति यो एक उदाहरणीय कार्य भएको छ । हाल सम्म सदरमुकाम बाटै चाउमिन ल्याएर बिक्रीवितरण भै रहेको अवस्थामा स्थानीय स्थर मै उत्पादन हुदा सहज रुपमा कुना कुनामा चाउमिन पुग्ने र थप स्वरोजगारको सृजना हुने आशा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here