धादिङमा करेन्ट लागेर टिपर सहचालक मगरको मृत्यु

धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा न. २ छापडाँडामा करेन्ट लागेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका १९ वर्षीय ठाकुर मगर रहेका छन् ।
सोमबार बिहान मलेखुबाट ताल्तितर्फ बालुवा लिएर गएको बा.प्र.०३–००१ ख २११३ नम्बरको टिपरको बालुवा झार्न ढाला खोल्ने क्रममा विद्युतको तारबाट करेन्ट लाग्दा टिपरका सहचालक मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here