नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोप तामाङ पक्राउ: सामाजिक संजालमा पक्ष विपक्षमा बहस

काठमाडौ । कबड्डी ४ कि नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोप लागेका तामाङमाथि अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ । फिल्म हलभित्र आफूलाई पिठ्यूमा गलत तरिकाले छोएर दुर्व्यवहार गरेको आरोप लगाएकी मिरुनाले युवकविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।
तामाङ थरका युवक अहिले प्रहरी हिरासतमा रहेका छन् । प्रहरीले उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा म्याद थप गराएको बताइएको छ । आरोप प्रमाणित भएमा उनले १ वर्ष जेल सजाय पाउने छन् ।
सिभिल मलको कफि सपमा नायिका र युवकबीच विवाद भएको थियो । अन्तमा युवकले कान समातेर माफी मागे पनि मिरुनाले उनलाई प्रहरीको जिम्मा लगाएकी थिइन् ।यो बिषयले अहिले सिने जगत गर्माएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here