साउन १ गते देखि लागू हुने गरि, कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

काठमाडौ । सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । 

अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।  वृद्धि भएको तलब साउन १ गतेदेखि लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here