१३ औं दिनको पुण्य तिथीमा टिका बहादुर गुरुङ प्रती भाबपुर्ण श्रर्दासुमन

धादिङ । साबिकको ज्यामरुङ(९) गुरुङ गाँउमा २००६ सालमा जन्मनुभएका टिका बहादुर गुरुङ सबैको प्यारो ब्यक्तिको रुपमा रहनु भएको थियो।
उहाँको निधनले नेपाली काङ्रेस ज्यामरुङको खम्बा नै ढलेको लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेश सदस्य ज्ञानेश्वर धमला (शंकर) बताउनु हुन्छ ।
पार्टीको संगठन बिस्तार,युवा परिचालन,२०७९ स्थानिय चुनाबमा आफुलाई निर्बाचित गराउन समेत महत्वपुर्ण भुमिका रहेको तथा उहाँको देहावसान ले आफु अत्यन्तै चिन्तित रहेको नेपाली काङ्रेस बाट वडा नं ११को निर्बाचित वडा अध्यक्ष राम बहादुर श्रेष्ठ बताउनु हुन्छ ।
गुरुङ साबिकको ज्यामरुङ गाबिस वडा नं (९) बाट नेपाली काङ्रेसबाट प्रतिनिधित्व गर्दै (२०४२) सालमा वडा/अध्यक्ष (२०४९) सालमा गा:बि:स अध्यक्ष मा निर्बाचित ।
(२०५४) सालमा गाबिस अध्यक्ष का प्रत्यासी उम्मेदवार समेत रहनु भएको थियो । उहाँको निधनले नेपाली काङ्ग्रेस निलकन्ठ न:पा वडा नं १०/११ चिन्तित भएका छन । आज १३ औं दिनको पुण्य तिथीमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै,शोक शनतब्द परिवार जनप्रती हार्दिक समाबेदना प्रकट गर्दछौं,बिज्ञप्तिमा भनिएको छ,।
नेपाली काङ्रेस निलकन्ठ न:पा वडा नं:-१०/११ वडा ईकाई समिति धादिङ,।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here