पर्यटन विस्तारको संदेश प्रदान गर्ने उदेश्यले मुगुको रारामा बस्यो नाडाको कार्यसमिति बैंठक

आर्थिक खबर । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ। एशोसिएसनले शुक्रबार बिहान २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो।

कर्णालीको बिकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैंठकलाई सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुब थापाले प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैंठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको संदेश प्रदान गर्न खोजेको बताए। यसमा सबै पक्षको सहयोग महत्वपूर्ण रहेको पनि उनको भनाइ छ।
अध्यक्ष थापाले कर्णाली साँच्चै सुन्दर रहेको भए पनि आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको भन्दै देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात संजालमा रारालाई छिट्टै जोड्नु पर्ने बताएका छन्। 
बैंठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोबाइल्स एशोसिएशनसँग पनि रारा तालको परिसरमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो । सो  कार्यक्रममा कर्णाली अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माण लगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, ब्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम संचालन र अन्तरप्रदेश सम्बन्ध लगायतका विषयमा आफ्नो धारणा राखेका थिए। 
कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानीय स्तरबाटै आउने समस्या समाधान गर्दै जानुपर्ने बताए । 
यसैगरी, नेपालगञ्ज आसपासमा रहेका अटोमोबाइल क्षेत्रका समस्याको विषयमा नाडाले शनिबार नेपालगञ्जको सिद्धार्थ होटलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
नाडाले आफनो सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली बसेर पर्यटक ओसार पसारको काम गर्दै आएका पदमबहादुर रावललाई दुई बच्चाको पढाई लेखाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले १५ हजार रुपैयाँ समेत प्रदान गरेको थियो। साथै, निजको परिवारका सदस्यलाई काठमाडौं वा जनकपुरमा रोजगारी दिने प्रतिवद्धता समेत नाडाका सदस्यहरुबाट व्यक्त भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here