मनोज पाण्डेविरुद्ध बलात्कार मुद्धाको सट्टा अर्कै मुद्धा चलाउने तयारीमा प्रहरी

काठमाडौं । किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध बलात्कार सम्बन्धी मुद्धा नचल्ने भएको छ । मुद्धा चलाउने हद म्याद गुज्रिएको भन्दै प्रहरीले अर्कै मुद्धा चलाउने भएको हो । आठ वर्षअघि एक सौन्दर्य प्रतियोगिताका क्रममा पाण्डेले एक किशोरीलाई बलात्कार गरेको आरोप छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले उनले शनिबार बेलुका स्वयम्भूबाट पक्राउ गरेको । प्रहरीका अनुसार बलात्कारसम्बन्धी मुद्दाको हदम्याद एक वर्ष मात्रै हुने भएकाले अरू के मुद्दा आकर्षित हुन्छ भन्नेबारे कानुनी परामर्श भइरहेको छ ।
सम्भवतः पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा म्याद थप गर्ने तयारी छ । आज सरकारी बिदा भएकाले सोमबार मात्रै म्याद थपलगायत प्रक्रिया सुरु गर्ने प्रहरीले जनाएको छ ।
पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । पाण्डेकै समूहले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेको थियो । सोही क्रममा प्रतियोगिता सकिएपछि सफलताको पार्टी दिने भन्दै एक प्रतियोगीलाई नयाँ बानेश्वरको एभरेस्ट होटेलमा बोलाएर बलात्कार गरेको आरोपसहितको भिडियोपछि उनलाई पक्राउ गरिएको हो ।
तत्कालीन समयमा आफ्नो उमेर १६ वर्ष रहेको बताउने युवतीले पटक–पटक आफूमाथि ‘ब्ल्याकमेल’ गरेर बलात्कार गरेको आरोप लगाएकी छन् । उनले सामाजिक सञ्जाल टिकटकमा विभिन्न भिडियो क्लिप सार्वजनिक गर्दै सौन्दर्य प्रतियोगिताका क्रममा आफूमाथि बलात्कार भएको बताएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here