रुबीभ्याली ४ का वडा अध्यक्ष प्रसान्त तामाङ द्वारा फेरि उम्मेदवारीको घोषणा

धादिङ । रुबीभाली गाउँपालिका वडा न. ४ का वडा अध्यक्ष प्रसान्त तामाङ द्वारा आगामी स्थानीय तहको चुनावमा फेरि उम्मेदवारी दिने घोषणा गरेका छन । अघिल्लो स्थानीय तहको निर्वाचनमा राप्रपा बाट वडा अध्यक्ष बनेका तामाङ रुबीभाली ४ को बिकासमा आफुले धेरै काम गरेको र केही बाकी काम पूरा गर्न वडा अध्यक्षको उम्मेदवारी दिएको अध्यक्ष तामाङले बताए ।

यश वडामा राप्रपाको जित सुनिश्चित जस्तै भएकोले धेरै ब्यक्तिहरुले राप्रपा बाट वडा अध्यक्षमा दाबी रहेको छ । यद्यपि हाल सम्म को उम्मेदवारी हुने भन्ने टुङ्गो लागीसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here